जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

एलआईसी नेपालको कोहलपुर शाखाले बीमित घनश्याम पौडेलको परिवारलाई २८ लाख ३० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कोहलपुर शाखाका प्रमुख सूर्य बहादुर बुढाथोकीले मृतकको श्रीमती बसन्ता बोहरालाई उनकै घरमा गएर चेक हस्तान्तरण गरेका हुन् ।

बीमित पौडेलको २०७८ जेठ ६ गते कोभिड १९ का कारण मृत्यु भएको थियो । उनले २०७६ भदौ ११ गते १५ वर्ष अवधिको २५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा योजना खरिद गरेका थिए । यस अवधिमा मृतक पौडेलले २ किस्ता बापत तीन लाख ३८ हजार ७५० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

बीमितको परिवारले अहिलेसम्म भुक्तानी भएको बीमा शुल्क, बोनस र बीमाङ्क सहित २८ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्  । दाबी भुक्तानी कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा मृतकको परिवारका अन्य सदस्यहरुको सहभागिता थियो ।

4765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका