जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्वारा सम्मान तथा उत्प्रेरणा कार्यक्रम आयोजना, उत्कृष्ट व्यवसाय भित्र्याउने अभिकर्ता सम्मानित

रिलायबल नेपाल लाइफद्वारा सम्मान तथा उत्प्रेरणा कार्यक्रम आयोजना, उत्कृष्ट व्यवसाय भित्र्याउने अभिकर्ता सम्मानित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा विभिन्न विधामा शाखाका एजेन्सीहरुलाई सम्मान गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा चितवनको हाकिमचोकबाट उत्कृष्ट व्यवसाय भित्र्याउने एजेन्सीहरुलाई सम्मान गरिएको कम्पनीले बताएको छ ।

तालिम तथा प्रशिक्षण विभाग प्रमुख युवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेल्फ कोड र टिम कोडबाट उत्कृष्ट विजनेश भित्र्याउने ६ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सेल्फ कोडबाट पहिलो भएका राजेन्द्र कुमार दराई, दोस्रो भएका लालुमाया कुमाल र तेस्रो भएका इन्दिरा दाहाललाई सम्मान गरिएको थियो ।

त्यस्तै, टिम कोडबाट सबैभन्दा धेरै बिजनेश भित्र्याएर पहिलो बनेका विष्णु कुमारी कुँवर, दोस्रो बनेका गंगा कुमारी कार्की रायमाझी र तेस्रो बनेका मनोज चौलागाईलाई सम्मान गरिएको थियो ।

यसका साथै विभिन्न विधामा कम्पनीका एजेन्सी म्यानेजर, करोडपति एजेन्सी म्यानेजर तथा एमडीआरटीहरुलाई प्रोत्साहन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा १०० भन्दा बढी अभिकर्ताहरुको सहभागिता थियो ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर