जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसै गरी, आ.व.२०८२/८३ को लागि लेखापरीक्षक पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ ।

अध्यक्ष अमित कुमार कयालले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीलाई एक उदाहरणीय कम्पनी बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम एवं अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानीको अभ्यासहरुलाई अवलम्बन गरि कार्य भैरहेको बताए । प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगति बारे र आ.व. २०८२/८३ को रणनीतिक योजनाहरुको बारे प्रस्तुतीकरण मार्फत सभालाई जानकारी गराए ।

सभामा मुख्य कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रथम वार्षिक साधारण सभा समयमा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वको कम्पनी रहेको जहाँ बीमितहरुबाट संकलित रकम लगानी भएकोले सुरक्षित लगानी गरी राम्रो प्रतिफल लिन गम्भिरतापूर्वक कार्य गर्न व्यवस्थापनलाई आग्रह गरे । मुख्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मूल लगानीको पूर्ण सुरक्षा गर्दै लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफल आउने गरी गर्न र मुख्य कम्पनीको ब्राण्ड ख्यातीलाई कम्पनीको विकासमा प्रयोग गर्न व्यवस्थापनलाई सुझाव दिए ।

सभाले प्रथम वार्षिक सभासम्मका लागि नियुक्त भएका संचालकहरुलाई धन्यवाद ज्ञापन गर्दै मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आउनु भएका ४ जना (कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल) लाई संचालक नियुक्तिका लागि अनुमोदन गरेको छ ।

आजै बसेको संचालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ र सवै नवनियुक्त संचालकहरुले पदबहाली गरेका छन् ।

2040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।