जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपाली सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैन्य पदमा भर्ना खुल्यो

नेपाली सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैन्य पदमा भर्ना खुल्यो

नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ ।

खुलातर्फ २ हजार ९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्तति १ सय ८, महिला ३ सय ६०, आदिवासी र जनजाति ५ सय ७३, मधेसी ५ सय ५, दलित २ सय ७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने जनाइएको छ । ८ कक्षा उत्तीर्णले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा चार हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?