जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियानमा कम्पनीले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताएको छ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

जसअन्तरगत कम्पनीले गत पुस चार गते सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको गौमुल गाँउपालिका २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।यसैगरी, कम्पनीले अरु ६ वटा प्रदेशहरुमा पुस महिनामा शिविरहरु सञ्चालन गर्ने भएको छ । जस अन्तर्गत कम्पनीले बागमती प्रदेशमा भरतपुर महानगरपालिका ८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।त्यस्तै लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका ३ मा, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिका १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशको अन्नपूर्ण गाँउपालिका ६ म्याग्दीस्थित पोखरेबजार आधारभुत विद्यालयमा पुस २१ गते र कोशी प्रदेशमा इलाम नगरपालिका ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीले लिएको छ । आगामी पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका