जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल ब्यालेन्ड्स फण्ड ३ को इकाईमा आवेदन दिने मंगलवार अन्तिम दिन

नबिल ब्यालेन्ड्स फण्ड ३ को इकाईमा आवेदन दिने मंगलवार अन्तिम दिन

भदौ २५ गतेदेखि सार्वजनिक निष्कासनमा नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाई खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । नबिल इन्भेष्टमेण्टले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना सञ्चालनका लागि रू. १० अंकित दरको कुल १० करोड इकाई जारी गरेको हो । 

कुल इकाईमध्य १५ प्रतिशत वा १ करोड ४० इकाई कोष प्रबद्र्धक नबिल बैंकका लागि र १० लाख इकाई कोष व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको लागि सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले यो इकाई छिटो अवधि भदौ २९ गतेसम्ममात्र विक्रीमा रहनेछ भएको हो । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने असोज ८ गतेसम्म सार्वजनिक निष्कासनमा रहने मिति तय भएको थियो । 

यो इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालय र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेण्टले १० वर्षे अवधिको बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । इकाई विक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका