जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथी, लगानीकर्ताहरुले लाभाशं पाउनेमा आशंका, राष्ट्र बैंक बेखबर ?

२० वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथी, लगानीकर्ताहरुले लाभाशं पाउनेमा आशंका, राष्ट्र बैंक बेखबर ?

नेपालका २० वाणिज्य बैंकहरुको खराब कर्जा यति धेरै बढेको छ की समग्रहमा बैंकहरुको खराब कर्जा ३.८७ प्रतिशतले बढेको भेटिएको छ भन्दा अब फरक पर्दैन । ९ वाणिज्य बैंकहरुको खराब कर्जा ४ प्रतिशत भन्दा माथी पुगेको भेटिएको छ । हेक्का होस् ।
अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकिङ प्रणालीमा देखिएको छ । ०७९ पुसको तुलनामा ०८० पुसमा सञ्चालनमा रहेका २० बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ भने कर्जा ४७.१२ प्रतिशतले बढेर औसत ३.२६ प्रतिशत पुगेको छ । बैंकहरुको घट्दो नाफा र बढ्दो खराब कर्जाले आगामी दिनहरुमा अर्थतन्त्र थप संकटमा जाने सहजै अनुमान गर्न सकिन्छ । किनभने, सबैभन्दा बढी कर्पोरेट ट्याक्स तिर्ने बैंकिङ क्षेत्रकै नाफा नराम्रोसँग प्रभावित भएपछि सरकारले असूल गर्ने कर पनि घट्ने देखिएको छ । लक्ष्यभन्दा निकै कम मात्रै राजस्व संकलन भइरहेको अवस्थामा सरकार थप दबाबमा पर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।

२०७९ पुसमा औषतमा २.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा ४७.१२ प्रतिशतले बढेर ३.२६ प्रतिशत भन्दा बढि पुगेको देखिन्छ । यो अवधिमा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको रहेको छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कर्जा खासै बढ्न सकेको छैन भने प्रवाह भएको कर्जा असुलीमा समस्या छ । भन्दा फरक पर्दैन । गर्भनर साब ।
२०७९ पुसमा औषतमा २.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा ४७.१२ प्रतिशतले बढेर ३.२६ प्रतिशत भन्दा बढि पुगेको देखिन्छ । यो अवधिमा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको रहेको छ । कुमारीको खराब कर्जा ४.९७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको खराब कर्जा ५७.७७ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने बैंकलाई कारबाही गर्छ । जसकारण कुमारी बैंक कर्जा असूलीमा आक्रामकरुपमा लाग्नुपर्ने देखिएको छ । भन्दा अब फरक पर्दैन ।

०८० पुसमा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ। यो पनि गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढेको हो । ०७९ पुसमा बैंकको खराब कर्जा ०.५५ प्रतिशत रहेको थियो । बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको वित्तीय अवस्था अनुसार ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ । ३ देखि ४ प्रतिशतको बीचमा खराब कर्जा हुनेमा सरकारी लगानीका २ वटा अर्थात् राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमात्रै छन् ।

कर्जा विवाद भएपछि बैंकका सीइओ रमेश अर्यालले राजीनामा समेत दिएका थिए । एनसीसी बैंकका अधिकाशं कर्जा डिफल्ड भेटिएको छ गभर्नर साब हेक्का होस् । सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ । ०८० पुसमा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत रहेको छ। यो पनि गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले बढेको हो । ०७९ पुसमा बैंकको खराब कर्जा ०.५५ प्रतिशत रहेको थियो । बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको वित्तीय अवस्था अनुसार ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै छ ।

३ देखि ४ प्रतिशतको बीचमा खराब कर्जा हुनेमा सरकारी लगानीका २ वटा अर्थात् राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकमात्रै छन् । भन्दा फरक पर्दैन । ४ बैंकको खराब कर्जा २ देखि ३ प्रतिशतको बिचमा छ भने २ प्रतिशतभन्दा कम खराब कर्जा हुनेमा ४ बैंक रहेका छन् ।
चालु आवको दोस्रो त्रैमाससम्म नेपाल एसबिआई बैंकको खराब कर्जा ३८७.२३ प्रतिशतले बढेर २.२९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.४७ प्रतिशत रहेको थियो ।
यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा १९९.३५ प्रतिशतले बढेर ४.६७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.५६ प्रतिशत रहेको थियो ।

२०८० पुस मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा ३१.२९ प्रतिशतले बढेर ४.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७७ प्रतिशत रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा २८.०३ प्रतिशतले बढेर ४.७५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७१ प्रतिशत थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकको खराब कर्जा ६०.२७ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९२ प्रतिशत थियो ।

प्रभु बैंकको खराब कर्जा १४७.४७ प्रतिशतले बढेर ४.९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.९८ प्रतिशत रहेको थियो । सानिमा बैंकको खराब कर्जा १२३.३७ प्रतिशतले बढेर १.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७७ प्रतिशत थियो । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १२२.२२ प्रतिशतले बढेर १.६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७२ प्रतिशत रहेको थियो । २०८० पुस मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा ३१.२९ प्रतिशतले बढेर ४.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७७ प्रतिशत रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा २८.०३ प्रतिशतले बढेर ४.७५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.७१ प्रतिशत थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकको खराब कर्जा ६०.२७ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९२ प्रतिशत थियो । नेपाल बैंकको खराब कर्जा ४४.६९ प्रतिशतले बढेर ४.५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.११ प्रतिशत रहेको थियो ।

प्राइम बैंकको खराब कर्जा ४४.८३ प्रतिशतले बढेर ४.०७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.८१ प्रतिशत थियो । सिटिजन्स बैंकको खराब कर्जा ३६.१२ प्रतिशतले बढेर ४.०७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९९ प्रतिशत थियो । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४१.५७ प्रतिशतले बढेर ३.९५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.७९ प्रतिशत थियो । एनएमबि बैंकको खराब कर्जा २७.६७ प्रतिशतले बढेर २.८६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.२४ प्रतिशत थियो । माछापुच्छ्रे बैंकको खराब कर्जा ८५.८१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.४१ प्रतिशत थियो । यस्तै एनआईसी एशिया बैंकको खराब कर्जा ९५.०८ प्रतिशतले बढेर १.१९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.६१ प्रतिशत थियो ।

तीन बैंकको खराब कर्जा घट्यो
पुस मसान्तसम्म १७ वटा बैंकको खराब कर्जा बढे पनि ३ बैंकको भने घटेको छ । खराब कर्जा घटाउनेमा कृषि विकास बैंक, सिदार्थ बैंक र नबिल बैंक रहेका छन् ।
कृषि विकास बैंकको खराब कर्जा ३३.१८ प्रतिशतले घटेर ३.०२ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यस्तै सिदार्थ बैंकको पनि खराब कर्जा १०.८० प्रतिशतले घटेर २.५६ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा २.८७ प्रतिशत थियो । यस्तै नबिल बैंकको खराब कर्जा १७.८० प्रतिशतले घटेर १.२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४६ प्रतिशत रहेको थियो ।
बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघेको एक वर्ष पुगेको कर्जालाई खराब कर्जाको रुपमा लिइन्छ ।

३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । बैंकले दिएको कर्जा ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई बैंकहरुले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।
यस्तै ३ देखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।
बैंकले दिएको कर्जा ६ महिनादेखि १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहेको छ ।
१ वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जामा बैंकले शतप्रतिशत प्रोभिजन गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको देखिन्छ । सचेत भया ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?