जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन

प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ।

सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफका तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन्। सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन्।

२०७९ असार ३० गते भएको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबारपछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबारपछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफका तर्फबाट मनोनित सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको छ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका