जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ आजदेखि

बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ आजदेखि

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

आईपिओमा असोज १४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा  ढिलोमा असोज २५ गतेसम्म आबेदन दिन सकिने छ  ।  आवेदन  दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि दिन पाइनेछ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ।

5215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका