जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • नेशनल लाईफको बीमाशुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने

नेशनल लाईफको बीमाशुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई बीमाशुल्क बुझाउन नयाँ व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था ईसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरि आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले यस सेवाको उद्धघाटन गरेका हुन् । उनीहरुको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

3190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका