जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • माथिल्लो आँखु खोलाको भयो ‘फाइनान्सियल क्लोजर’, सिटिजन्स बैंकको अगुवाईमा साढे पाँच अर्ब लगानी

माथिल्लो आँखु खोलाको भयो ‘फाइनान्सियल क्लोजर’, सिटिजन्स बैंकको अगुवाईमा साढे पाँच अर्ब लगानी

धादिङमा रहेको माथिल्लो आँखु खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर भएको छ। आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक र सिभिल बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने भएका छन्।

मंगलबार प्रवर्द्धक कम्पनी धादिङ आँखुखोला हाइड्रो प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ। कम्पनीका अध्यक्ष अजेयराज सुमार्गी छन्।

३८ मेगावाट क्षमताको यो आयोजनाको लागत ७ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ। यो आयोजना चार वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। निर्माणपछि उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोटमा रहेको त्रिशुली ३ बी हब सबस्टेशनमा जोडिनेछ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७० गिगावाट घण्टा र बर्खामा १५२.४३८ गिगावाट गरि वार्षिक २१९.१३८ गिगावाट घण्टा खुद विजुली उत्पादन हनेछ।

4800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका