जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • नेपाल फाइनान्सले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद दिने प्रकृया थाल्यो, ८४ करोड पुँजी पुग्दै

नेपाल फाइनान्सले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद दिने प्रकृया थाल्यो, ८४ करोड पुँजी पुग्दै

नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ। समस्याग्रस्तबाट मुक्त भएको फाइनान्सले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउनु पर्ने छ।

त्यही भएर कम्पनीले हकप्रद सेयर वितरण गरेर पुँजीको जोहो गर्न लागेको हो। फाइनान्सले हकप्रद जारी गर्न प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

नियुक्ति सम्बन्धी सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र प्रभुका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

अहिले फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३ सय २५ रुपैयाँ छ। यसको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसपछि चुक्ता पुँजी ८३ करोड ८९ लाख रुपैयाँ नाघ्ने छ।

6265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका