जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक तथा संघसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

बैंक तथा संघसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बताइएको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका