जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले १९ हजार ८२७ कित्ता शेयर आइतवारदेखि लिलामीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा सर्वसाधारणले खरिद गर्न पाउने गरी यो शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । आवेदकहरुले कति मूल्य र कति कित्ता खरिद गर्न चाहेको उक्त विवरण समेत समेत निवेदनमा खुुलाउनुपर्ने जानकारी बैंकले दिएको छ ।

6615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका