सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट दिने सम्झौता गरेको छ । बैंकले देबयानी इन्टरनेशनल (नेपाल) प्रा. लि संग सम्झौता गरेको छ ।
ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि को नायब महाप्रबन्धक–(वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । ग्राहकहरुले केएफसी र पिज्जा हटमाको उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।