जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश ४० प्रतिशत, एनएमबिको पनि दुई योजनाको घोषणा

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश ४० प्रतिशत, एनएमबिको पनि दुई योजनाको घोषणा

सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। सिटिजन्स बैंक इन्टरनेशनलले प्रवर्द्धन गरेको सीबीआइएल क्यापिटलले सिटिजन्स म्युचुअल फण्डका इकाइले लाभांश घोषणा गरेका हुन्।

सिटिजन्स म्युचुअल फण्ड १ का इकाइधनीले ४० प्रतिशत लाभांश पाउने छन्। उनीहरुले कुल ३२ करोड ८० लाख रुपैयाँ पाउने छन्। कम्पनीको गत वर्षको प्रति इकाइ खुद सम्पत्तिको मूल्य १५.३१ रुपैयाँ थियो। ४२ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो।

यसैगरी सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाइधनीलाई ४० प्रतिशत नै लाभांश घोषणा गरेको छ। उसले २२ करोड ४० लाख रुपैयाँ बाँड्ने छ।

यसको प्रति इकाइ खुद सम्पत्तिको मूल्य १६.१८८ रुपैयाँ छ। खुद आम्दानी ३३ करोड ८५ लाख रुपैयाँ गरेको छ।

एनएमबी हाइब्रिड फण्ड एल १ तथा एनएमबि ५० ले पनि लाभांश वितरण गर्ने भएका छन्।  हाइब्रिडले २० प्रतिशत र ५० ले ३० प्रतिशत लाभांश बाँड्ने छ

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका