जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • मुक्तिनाथले ल्यायो सर्वाधिक ब्याज दिने खाता, न्यूनतम १० हजार राख्दा साढे ५ % ब्याज पाइने

मुक्तिनाथले ल्यायो सर्वाधिक ब्याज दिने खाता, न्यूनतम १० हजार राख्दा साढे ५ % ब्याज पाइने

मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने उत्कृष्ट बचत खाता संचालनमा ल्याएको छ। दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ तथा अशक्त बीमा सुविधासहित बैंकले साढे पाँच प्रतिशत मासिक ब्याज दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ।

बैंकले यो खाता खोल्ने ग्राहकलाई पहिलो वर्षको लागि निशुल्क डेविट कार्ड र हरेक वर्ष निशुल्क मोबाइल बैंकिङ तथा निशुल्क इन्टरनेट बैंकिङ सेवा दिने जनाएको छ।

बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ ।

5365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका