जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकको २ शाखा रहित बैकिङ्ग सेवा बिस्तार

सनराइज बैंकको २ शाखा रहित बैकिङ्ग सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैकिङ्ग सेवाको सुरुवात गरेको थियो । साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका श्री जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी श्री रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।


बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका