
बैंकिङ कसुरको मुद्दामा सिन्धु विकास बैंकका दोलालघाट शाखाका शाखा प्रमुख पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि)ले दोलालघाट शाखाका शाखा प्रमुख सुमन खरेललाई हिजो सोमबार पक्राउ गरेको हो ।
बैंकको रकम निकाली बैकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
बैंकको दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एन. सि. सि. बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंक लि.को खातामा नियमित रुपमा जम्मा गर्ने गरेकोमा शाखा प्रमुख खरेलले बैंकको खातामा जम्मा नगरि आफुले रकम निकाली बैकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नु पर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैकको सम्पत्ति अपचलन गरेका हुन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































