जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी, करिब १७ वर्षको बैंकिङ अनुभव

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी, करिब १७ वर्षको बैंकिङ अनुभव

कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमका बीच प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई स्वागत गरेका छन् । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार नै पद वहाली गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाललगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो । सुवेदी यसअघि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत थिए ।

कम्पनीले सुवेदीको नियुक्तीले व्यवसाय बृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास लिएको बताएको छ ।

हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञजाल, ७७ वटा एटीएमवाट कम्पनीले आफ्नो सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका