जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रिलायबल नेपालले नारायण बाबु लोहनीको कार्यकाल थप गर्ने, बीमा समितिबाट स्वीकृति आउन बाँकी

रिलायबल नेपालले नारायण बाबु लोहनीको कार्यकाल थप गर्ने, बीमा समितिबाट स्वीकृति आउन बाँकी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको छ । साउन एक गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय पछि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाइएको छ । बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै सञ्चालक समितिले कार्यकाल थप गर्ने छ । लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ ।

लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । रिलायबल आउनु अगाडि बैंक वित्तीय संस्थामा थिए । उनले बैंक वित्तिय संस्थामा मात्रै एक दशक भन्दा लामो समय विताएका छन् । त्यस्तै दुई दशकमा एम टेक इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी सर्भिस, बैंक वित्तीय संस्था र बीमा कम्पनीमा विताएका छन् । माइक्रोफाइनान्समा लामो समय काम गरेका लोहनीले माइक्रोइन्स्योरेन्स क्षेत्रमा पनि व्यवसाय छ भनेर प्रमाणित गरिदिएका छन् । आजका दिनमा रिलायबल नेपाल माइक्रोइन्स्योरेन्स पोलिसी बिक्री गर्नेमा सबैभन्दा अगाडि छ ।

रिलायबल नेपालले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । यदि बीमा समितिले प्रिमियममा प्राथमिक शेयर निष्काशनका लागि अनुमति दियो भने कम्पनीले नेपाली बीमा क्षेत्रबाटै पहिलो पटक प्रिमियममा प्राथमिक शेयर निष्काशशन गर्नेछ

6150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका