जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो कर्जा दिने

नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो कर्जा दिने

टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत दमनसिंह चौधरी र नेपाल बैंक लिमिटेड टीकापुर शाखाका प्रबन्धक नरेन्द्रकुमार मिश्रले सहुलियतपुर्ण सेवाग्राही कर्जा सम्बन्धि सम्झौता पत्रमा कार्तिक ११ गते विहीबार हस्ताक्षर गरेका छन । हस्ताक्षर कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल र नेपाल बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जनकप्रसाद सुवेदी उपस्थित थिए । 

अव टीकापुर नगरपालिका स्थायी कर्मचारीले ऋण लिन चाहेमा बैंकमा निवेदन दिएमा नगरपालिकाको सिफारिसमा आवश्यक कागजात सहित कर्मचारीको तलब भत्तालाई आधार मानेर १५ लाख सम्म विना धितो कर्जा प्रदान गरिने बैंकका शाखा प्रबन्धक मिश्रले जानकारी गराए । 

सम्झौता पत्रमा हस्ताक्षर टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत दमनसिंह चौधरीले तल्लो तहका कर्मचारीको ‘भोकै पनि नर्मे पेटभरी पनि नपुग्ने’  अवस्था भएकोले यस्तो कर्जाले कर्मचारीलाई छोराछोरी पढाउन, जग्गा किन्न, घर बनाउन लागायतका काममा सहयोग पुग्ने आपेक्षा गरेका छन ।

नेपाल बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जनकप्रसाद सुवेदीले नेपालकै पुरानो र सरकारी बैंक भएकाृले नागरिकलाई सहुलियत पुर्ण कर्जा प्रबर्दन गर्दै जाने नीति अनुसार कर्मचारीलाई बिन धितो कर्जा दिईन लागेको र यसको कार्यान्वयन हेरी पछिल्ला बर्षमा कर्जाको सिमा बढाउन सकिने तथा स्थानिय निकाय संग हातेमालो गर्दै साझेदारी गरेमा किसानहरुलार्ई पनि ५ लाख सम्म बिना धितो कर्जा प्रवाह गर्न सकिने बैंकको नीति रहेको बताए । 

नगरप्रमुख तपेन्द्रबहादुर रावलले मानवीय जिवनमा आर्थिक पक्ष अनिवार्य भएकोले यो कर्जाले लाभग्राही कर्मचारीका न्युनतम आवश्यकता पुरा गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । यो सेवा नगरपालिका स्थायी ७३ जान कर्मचारीले लिन सक्नेछन। कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन भएको तथा बैंकका र नगरपालिकका सम्पुर्ण कर्मचारीहरु गरी ५० जनाको उपस्थित रहेको थियो । 

कार्यक्रको अध्यक्षता नेपाल बैंक टीकापुर शाखा प्रबन्धक नरेन्द्रकुमार मिश्र , प्रमुख आतिथिको रुपमा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल र विशिष्ट आतिथिको रुपमा नेपाल बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जनकप्रसाद सुवेदीको तथा विशिष्ट आतिथिकै श्रेणीमा टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत दमनसिंह चौधरी थिए भने कार्यक्रमको सञ्चालन बैंकका सहायक शाखा प्रबन्धक लोमश प्रसाद भट्टराईले गरेका थिए । 

4540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका