जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफमा उछाल आएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पहिलो त्रैमासमा कम्पनीको नाफा १३ करोड २१ लाख ३ करोड रुपैयाँ पुगेको हो।

गत वर्ष सोही अवधिमा ३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षमा २६३.३२ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

इन्स्योरेन्सले पहिलो तीन महिनामा लगानी र कर्जाबाट हुने आमदानीलाई १०७.३४ प्रतिशतले वृद्धि गरेको हो । यसबाट मात्रै इन्स्योरेन्सले ७३ करोड ९७ लाख ९५ हजार रुपैयाँ आमदानी गरेको छ ।

खुद बीमा शुल्कबाट आर्जन भने २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ गरेको छ । यो भनेको गत बर्षको तुलनामा ७६.७४ प्रतिशतले बढि हो ।

इन्स्योरेन्सको कुल आम्दानी ८५ प्रतिशतले बढेर ३ अर्ब १० करोड ६९ लाख ९७ हजार रुपैयाँ पुग्दा चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९२ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ ८० पैसा छ ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका