जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २५ जनाभन्दा बढी भेला हुन सरकारको प्रतिबन्ध

२५ जनाभन्दा बढी भेला हुन सरकारको प्रतिबन्ध

कोरोना भाइरस नियन्त्रणका हरेक उपाय अवलम्बन गर्न क्रियाशील बनेको सरकारले धेरै मानिस जम्मा हुने क्षेत्र लक डाउन गर्ने निर्णय गरेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिइसकेको छैन । तर, उच्च जोखिममा रहेका कारण दर्शाउँदै सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको आठौं बैठकले सिनेमा हल बन्दको निर्णय गरेको छ । योसँगै राजधानीमा करोडौं लगानीमा खुलेका अत्याधुनिक सिनेमा हाल अप्रीलसम्म बन्द हुनेछन् ।

सो समितिले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी गराएका छन् ।

यस्तै, सो बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न सर्वसाधारणमा अपील गरेको छ ।

सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा जानै परे पनि २५ जना भन्दा बढी मानिसहरु भेला हुन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्तै, सो बैठकले भरसक सार्वजनिक सवारी साधनमा यात्रा नगर्न, गरिहाल्नु परे पनि भीड बढी भएको सवारी साधनमा नचढ्न आग्रह गरेको छ भने यातायात व्यवसायीलार्य बढी भीड हुने गरी यात्रु नओसार्न आग्रह गरेको छ ।

बैठकले मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्ने व्यवस्था मिलाउन भनेको छ भने बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

यस्तै, दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने भन्दै सरकारले अनावश्यक रुपमा अतिरिक्त सामान सञ्चय नगर्न समेत सर्वसाधारणमा आह्वान गरेको छ ।

यस्तै, सरकारले आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिसा नियमित गर्ने निर्णय गरेको छ ।

युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने भएको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एड्भाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय समेत गरिएको छ ।

बैठकले २०७६ चैत ६ गतेदेखि संचालन हुन गइरहेको एसइइ परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएक छ।

होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने (स्यानिटाइजर) लगायत सफाइका सामग्रीहरुको प्रबन्ध गरी टेबल, कुर्सी, बार(रेलिङ्ग र शौचालय आदि स्थानहरुमा नियमित रुपमा सफा गर्न लगाउने निर्णय गरेको छ।

साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्न भनेको छ।

 

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका