जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मेगा बैंकले एकैदिन ६ वटा नयाँ शाखाबाट कारोबार थाल्यो, थप १० वटा शाखाहरु चाँडै खुल्ने

मेगा बैंकले  एकैदिन ६ वटा नयाँ शाखाबाट कारोबार थाल्यो, थप १० वटा शाखाहरु चाँडै खुल्ने

मेगा बैंकले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एक, वागमती प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।

प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी-१६ लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ।

वागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका-७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

त्यसै गरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ।

5950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?