जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ‘सोच’ को ट्रेलरमा पुजनको एक्शन,नीता र प्रज्वलको प्रेम

‘सोच’ को ट्रेलरमा पुजनको एक्शन,नीता र प्रज्वलको प्रेम

एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

12780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?