जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रभु बैंकको स्प्रेड कटौतीले नाफा प्रभावित, तीन महिनामा ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा

प्रभु बैंकको स्प्रेड कटौतीले नाफा प्रभावित, तीन महिनामा ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा

प्रभु बैंकको नाफा २५ प्रतिशतले घटेको छ। स्प्रेड दरमा गरेको कटौतीसँगै खुद ब्याज आम्दानी घट्दा नाफा झरेको हो।

बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकले चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद ब्याज आम्दानी १६ प्रतिशतले घटेर एक अर्ब ४२ करोडमा सीमिति भएको जनाएको छ।

बैंकले ऋण भने २.४४ प्रतिशतले बढाएको छ। बैंकको ग्राहकमा जाने ऋण एक खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको स्प्रेड दर ४.३७ प्रतिशतबाट घटेको छ। अहिले बैंकको स्प्रेड दर ३.३८ प्रतिशतमा सीमित भएको छ। स्प्रेड घटेकै कारण नाफा घटेको हो

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?