जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ज्योति विकास बैंक र हाम्रो विकास बैंक एकिकृत कारोबार शुरु, ठूलो विकास बैंक बन्न सफल

ज्योति विकास बैंक र हाम्रो विकास बैंक एकिकृत कारोबार शुरु, ठूलो विकास बैंक बन्न सफल

ज्योति विकास बैंक र हाम्रो विकास बैंकको एकिकृत कारोबार शुक्रबारदेखि शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्तिको प्रक्रिया सम्पन्न गरेपछि ज्योति विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेको हो ।

उक्त एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा राष्ट्र बैंकका संचालक रामजी रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गरेका छन् ।

एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

एकिकृत कारोबारको कार्यक्रमा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको दावी गरेका छन् । साथै, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउँदै लघुकर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका