जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • युनियन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिने

युनियन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिने

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा ब्याज छुट दिने भएको छ। कम्पनीले एक महिनासम्म शतप्रतिशत ब्याज छुट दिन लागेको हो।

दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब शुल्क, ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी वैशाख १३ देखि जेठ १५ गतेसम्मका लागि शत् प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ। उक्त ब्याज छुटको लाभ लिन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ।

साथै नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने जानकारी गराएको छ।
कम्पनीले बीमालेख नवीकरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुटको सुविधा प्राप्त गर्न सकिने जनाएको छ।

इन्स्योरेन्सले वैशाख २३ मा भैरहवामा चौथो वार्षिक साधारणसभा गर्न लागेको छ। सामूहिक लगानी कोष सञ्चालन गर्ने, पुँजी वृद्धि, मर्जर वा प्राप्ति आदि प्रस्ताव उक्त सभामा पेस गरिने भएको छ।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?