होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, पुस १९, २०८१
शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • नेपाली सेना अनुशासित र व्यवसायिक : मन्त्री रिजाल

नेपाली सेना अनुशासित र व्यवसायिक : मन्त्री रिजाल

रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेना व्यवसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा. रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।

‘राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन’, मन्त्री रिजालले भने, ‘नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।’ सरकार सेनालाई अझ समयानुकुल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा. रिजालको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताए । उनले यो जिम्मेवारी निर्वाहका लागि कांग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गरे ।

भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा. रिजालले सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठिरहेपनि व्यावहारिक रुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गरे ।

4200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?