जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकको लाभांश घोषणा : नबिलको धेरै!

आर्थिक विशेष

बैंकको लाभांश घोषणा : नबिलको धेरै!

बैंकको लाभांश घोषणा : नबिलको धेरै!

गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिदै आएकोमा यस वर्ष गत वर्षको भन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानु अघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । तेस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने कुमारी बैंक देखिएको छ । कुमारी बैंकले २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस गरी ८.६७ प्रतिशत लाभांश दिने भएको छ । उता एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सि.नं.बैंकको नामनगद लाभांशशेयर लाभांशकुल लाभांश (प्रतिशतमा)
नबिल बैंक४.४३३.६३८
हिमालयन बैंक४.६२२१.३८२६
सानिमा बैंक०.८९१७१७.८९
नेपाल बैंक१४१७
नेपाल इन्भेष्टमेन्ट बैंक३.३९१२.६११६
सिटिजन्स बैंक३.०९१२.९११६
एनआईसी एशिया बैंक०.७९१५१५.७९
नेपाल बंगलादेश बैंक३.५१२१५.५
सिद्धार्थ बैंक०.७५१४.२५१५
१०माछापुछ्रे बैंक०.७१३.३१४
११ग्लोबल आईएमई बैंक३.५१०१३.५
१२स्टाण्डर्ड चार्टर्ड बैंक३.०६१०१३.०६
१३कुमारी बैंक२.६७८.६७
१४बैंक अफ काठमाडौं१०१४
१५एनएमबी बैंक ३.३१२.५१५.८
१६एभरेष्ट बैंक४.३२१०.३२

4035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?