जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीतिको समिक्षा मंगलबार ल्याउने राष्ट्र बैंकको तयारी

मौद्रिक नीतिको समिक्षा मंगलबार ल्याउने राष्ट्र बैंकको तयारी

आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक गर्न नेपाल राष्ट्र बैंकले तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंगलबार जारी हुनेछ।

राष्ट्र बैंक व्यवस्थापन समितिले आर्थिक अनुसन्धान विभागले तयार पारेको विश्लेषणलाई बुँदागत छलफल गरिन्छ । छलफलपछि तयार पारिएको संशोधित नीतिले पार्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा निक्योल गरी राष्ट्र बैंक सञ्चालक समिति ‘बोर्ड’ बैठकमा छलफलका लागि ड्राफ्ट तयार पार्ने गरिन्छ । बोर्ड बैठकले पास गरे लगत्तै मौद्रिक समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको परम्परा रहेको छ । जसको लागि राष्ट्र बैंकले बोर्ड बैठक डाकेको छ र बोर्ड पछ्यात मौद्रिक नीतिको समीक्षा गर्ने तयारी बैंकको छ।

नियमत त्रैमास सकिएको एक महिना भित्र (कार्तिक मसान्तसम्म)मा सार्वजनिक गरिसक्नुपर्ने समीक्षा नीतिगत निर्णयमा गभर्नर अधिकारी अनिर्णीत बन्दा पछि धकेलिएको हो ।

3860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका