जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सामसङ विन्टर स्किम योजनाको पहिलो लक्की ड्र: १५ जना बने भाग्यशाली विजेता

सामसङ विन्टर स्किम योजनाको पहिलो लक्की ड्र:  १५ जना बने भाग्यशाली विजेता

सामसङ मोबाइलले ग्राहकलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्मका लागि संचालन गरिरहेको रहेको उपहार योजनाको पहिलो लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ। 

उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का प्राप्त गर्नेछन्। पहिलो लक्की ड्रमा नोभेम्बर १ देखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ। 

उपहार योजनामा सहभागी हुनका लागि त्यस अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ। 

लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ। विजेताले सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न सक्छन्।

4525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका