जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकले अब क्युआर कोड मार्फत कर्जा आवेदन दिन सक्ने

महालक्ष्मी विकास बैंकका ग्राहकले अब क्युआर कोड मार्फत कर्जा आवेदन दिन सक्ने

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले अब क्युआर कोड मार्फत कर्जा आवेदन दिन सक्ने भएका छन्। आफ्नो सेवा सुविधालाई डिजिटलमैत्री तथा स्वचालित बनाउने उद्धेश्यअनुरुप बैंकले यो सेवा सुरु गरेको हो। यस सेवा अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक संजालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा प्रकाशित क्युआर कोड स्क्यान गरि आवेदन दिन सक्नेछन्।

ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाएको छ।

करिब ७ लाख ग्राहकहरुलाई सेवा दिँदै आएको बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु संचालित छन्।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्