जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालयन रिले ३० लाखलाई १० कित्ता पर्ने ३ अर्बको आइपीओ निष्काशन गर्ने

हिमालयन रिले ३० लाखलाई १० कित्ता पर्ने ३ अर्बको आइपीओ निष्काशन गर्ने

 हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

१० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी गर्ने छ ।

4655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?