जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गुराँस लाईफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

गुराँस लाईफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले संस्थापक तर्फ यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व ६० प्रतिशतमा झार्दै १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो ।

शेयर स्वामित्व परिवर्तन भएसँगै अब कम्पनीमा संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । यस अघि कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो । कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम हाल कायम ७० प्रतिशत संस्थापक शेयर स्वामित्व ६० प्रतिशतमा झारेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने निर्णय भएकोमा बीमा समितिले संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्न निर्देशन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रहेको छ ।

4955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका