जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मर्जपछि यस्तो बन्यो लक्ष्मी सनराइज बैंक व्यवस्थापन टिम

मर्जपछि यस्तो बन्यो लक्ष्मी सनराइज बैंक व्यवस्थापन टिम

एकापसमा गाभिएपछि लक्ष्मी सनराइज बैंकमा नयाँ सञ्चालक तथा व्यवस्थापन टिम बनेको छ। लक्ष्मी सनराइजका नाममा शुक्रबारदेखि एकीकृत बैंकिङ कारोबार सुरु भएको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा रमन नेपाल चयन गरेको छ। नेपाल यसअघि पनि लक्ष्मी बैंकका अध्यक्ष थिए। उनी नागरिक लगानी कोषका प्रबन्ध निर्देशक हुन्।

बैंक सञ्चालकमा डा. मनिष थापा र स्वाति रुंगटा, बच्चाराज तातेड र मालचन्द दुगड छन्। सञ्चालक समिति बैठकमा मोतिलाल दुगड उपस्थित भएनन्। उनी सनराइजका अध्यक्ष थिए।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह छन्। शाह यसअघि लक्ष्मीको सिइओ थिए। सार्वजनिक नयाँ व्यवस्थापन टिमको सिनियर डेपुटी सिइओ सुमेद भट्टराई छन्।

बैंककाे चिफ गर्भनेन्स अफिसरमा रोविनकुमार नेपाल, चिफ रिस्क अफिसरमा अपचकुमार यादव, चिफ बिजनेस अफिसरमा आरती राणा, चिफ अपरेटिङ अफिसर मनोहरराज उप्रेती छन्।

मनिषराज कुँवर इन्फ्रास्ट्रक्चर टुरिज्म हेड, जीवनप्रकाश लिम्बु चिफ टेक्नोलोजी अफिसर, राजीव सापकोटा चिफ बिजनेस अफिसर, दीपेश अमात्य चिफ रिटेल फाइनान्स सर्भिस, भूपाल राई चिफ इन्टिग्रेटेड अफिसर, पीयुषराज अर्याल चिफ फाइनान्सियल अफिसर र भारती पाण्डे स्ट्राटेजिक मार्केटिङ एन्ड कम्युनिकेसन हेड छन्।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका