जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरु नाफामा, पोहोर नोक्सानीमा रहेको नेपाल लाइफ नाफा कमाउने शीर्षमा

जीवन बीमा कम्पनीहरु नाफामा, पोहोर नोक्सानीमा रहेको नेपाल लाइफ नाफा कमाउने शीर्षमा

जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ। कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्त सम्मको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो।

१६ वटा बीमा कम्पनीले चैत मसान्तसम्म खुद नाफा ३ अर्ब ४३ करोड आर्जन गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो। गत आवको नौ महिनामा कम्पनीहरुले २ अर्ब २४ करोड नाफा कमाएका थिए।

यस वर्ष जीवन बीमा कम्पनीहरुले जोखिम व्यवस्थापनका लागि छुट्याएको खर्च उठ्नुका साथै बीमा शुल्क आर्जन बढेकाले खुद नाफा बढेको हो। साथै कम्पनीहरुले यस वर्ष बीमालेख धितोको कर्जा पनि निकै बढाएका छन्। जीवन बीमा कम्पनीहरुको आम्दानीको अर्को मुख्य स्रोत बीमालेख धितोको कर्जाको आय बढेकाले पनि नाफा बढ्न टेवा पुर्‍याएको हो।

गत चैत मसान्तसम्म नाफा कमाउने कम्पनीहरु मध्ये शीर्ष स्थानमा नेपाल लाइफ इन्स्योरेन्स छ। गत आर्थिक वर्षको चैतसम्म १९ करोड ४५ लाख नोक्सानीमा रहेको यो कम्पनी यसपटक नाफा कमाउनेमा शीर्ष स्थानमा छ।

नेपाल लाइफले चालु वर्षको नौ महिनामा ४४ करोड ६५ लाख खुद नाफा कमाएको छ। कम्पनीले व्यवसाय विस्तार बढाएको छ। बीमाशुल्क आर्जन र सुरक्षित वित्तीय लगानी वृद्धिले कम्पनीको वित्तीय क्षमता सृदृढ बनाएको हो।

सन् नेपाल लाइफ इन्स्योरेन्सको पनि नाफा निकै बढेको छ। चैत मसान्तसम्म ४४ करोड ४५ लाख खुद नाफा कमाएको छ। गत वर्षको खुद नाफा १४ करोड ३६ लाख मात्रै थियो।

नेशनल लाइफले २९ करोड, सूर्याज्योति लाइफले २५ करोड र मेट लाइफ इन्स्योरेन्सले २२ करोड ३३ लाख खुद नाफा आर्जन गरेका छन्।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका