जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एशियन इन्स्योरेन्सको नविकरण बीमा शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सकिने

एशियन इन्स्योरेन्सको नविकरण बीमा शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सकिने

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको हो ।

यो सुविधा कार्यान्वयनमा आए सँगै अब एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ । “हामीले देखिरहेका छौं कि कसरी संसार नगदबाट नगदरहित सिस्टममा परिवर्तन हुँदैछ । हामी विश्वास गर्छौं कि ’खल्ती’ सेवा मार्फत ग्राहकहरूले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन् ।” सजनी महर्जनले बताइन् ।  

साथै ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।

4775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका