जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • नबिल र एनबी बैंक मर्जर: संयुक्त समिति बसेर स्वाप रेसियो टुंगियो, एनबीको मूल्य ४२ रुपैयाँ

नबिल र एनबी बैंक मर्जर: संयुक्त समिति बसेर स्वाप रेसियो टुंगियो, एनबीको मूल्य ४२ रुपैयाँ

नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको संयुक्त मर्जर समितिले सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) टुंगो गरेको छ। नबिलको १०० रुपैयाँ बराबर नेपाल बंगलादेश बैंकको ४२ रुपैयाँ पुँजी कायम हुने छ। नेपाल बंगलादेश बैंकका सेयरधनीले १०० कित्ता बराबर नबिलको ४२ कित्ता सेयर पाउने छन्।

नबिलले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ। समितिमा दुवै बैंकका अन्य दुई/दुई जना सञ्चालक र व्यवस्थापनका केही कर्मचारीहरु पनि छन्।

नबिलले एनबी बैंकलाई गाभ्ने अनौपचारिक सहमति भइसकेको छ। एनबी बैंकको मुख्य सेयरधनी बंगलादेशको आइएफआइसी बैंकको सम्पूर्ण सेयर (एनबीको चुक्ता पुँजीको ४१ प्रतिशत) नबिलका मुख्य साझेदार चौधरी समूहले खरिद गर्ने तय भइसकेको छ। यसका लागि दुवै पक्षबीच सम्झौता भइसकेको छ।

नबिलको मुख्य साझेदारले सेयर किन्ने तय भएसँगै मर्जर प्रक्रिया पनि अगाडि बढेको हो। दुवै पक्षको मर्जर समितिको संयुक्त बैठकले मूल्य निर्धारण गरेसँगै औपचारिक सहमति हुने छ।

स्रोतको दाबी पत्याउने हो भने- मर्जरको सहमति केही दिनमै भइसक्ने छ। राष्ट्र बैंकले पनि यो मर्जरमा भूमिका खेलेको (चौधरीले सेयर किन्ने विषयमा) ले तीन महिनाभित्र सबै प्रक्रिया सकेर एकीकृत कारोबार गरिसक्ने योजना छ।

8275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका