जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने

एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने

६० प्रतिशत हकप्रद शेयर विक्री प्रकृयामा रहेको एनएलजी इन्स्योरेन्सले हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको रू. ६४ करोड ४ लाख ६ हजार चुक्तापूँजी रहेको कम्पनीले ६० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरिरहेको छ ।

कम्पनीले साउन २२ गतेदेखि २९ गतेसम्म वितरण हुन नसकेको कुल १ लाख ६१ हजार ७६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । कुल कित्तामध्य संस्थापकतर्फ ८१ हजार २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण तर्फ ७९ हजार ८५३ दशमलव २५ कित्ता रहेको छ ।

हकप्रद पश्चात कायम हुने चुक्तापूँजी रू. १ अर्ब २ करोड ४६ लाख ५० हजारको आधारमा एनएजली इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको हो ।

6930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका