जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • करिब साढे १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

करिब साढे १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ पैसा १ वर्षको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । केन्द्रीय बैंकका अनुसार २०७८ फागुन २ देखि २०७९ फागुन १ सम्मको लागि ३६५ दिनको लागि वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको छ । जसमा वाणिज्य बैंकमा ८ करोड ३९ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १ करोड ५७ लाख र राष्ट्रिय स्तरका विकास बैंकमा ५२ लाख रुपैयाँ राख्न लागेको छ ।

यसको लागि माघ १८ गते भित्र आफुले लिन चाहेको रकम खुलाई आवेदन दिनुपर्ने छ । यसको लागि विभिन्न शर्तहरु तोकिएका छन् । जसमा बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, खराब कर्जा ५ प्रतिशत भन्दा कम रहेको, कुनै कारबाहीमा परेको भए ६ महिना पुरा गरेको, सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरेको लगायतका शर्त रहेका छन् । ति शर्त पुरा गरेको हुनुपर्ने छ ।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका