जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंक ८.५ नगद लाभांस दिने

नेपाल इन्भेष्टमेन्ट बैंक ८.५ नगद लाभांस दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले दशकयताकै न्युनतम लाभांस दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ नगद लाभांस दिने भएको हो।

बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले एक अर्ब ३५ करोड रुपैयाँको बोनस शेयर र एक अर्ब ९ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो।

बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि साधारणसभामा पेश गर्न पाइने छ। साधारणसभाले लाभांस पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बैंकले विगतका वर्षहरुमा ३० प्रतिशत भन्दा तल लाभांस घटाएको थिएन।

बैंकको हालको चुक्त पूँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ। बोनस शेयरपछि बैंकको पूँजी १४ अर्ब २२ करोड रुपैयाँ कायम हुनेछ। बैंकले विगतका वर्षहरुमा नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै आएको छ। जसले गर्दा बैंकको पूँजी अन्य बाणिज्य बैंकहरुको भन्द धेरै छ।

गत आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंकले तीन अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो। जसमा लाभांस बाँडन योग्य नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ मात्रै थियो। अहिले घोषणा गरिएको दुई अर्ब ४४ करोड रुपैयाँ लाभांस पनि जगेडा कोषबाट वितरण गर्नु पर्ने हुन्छ ।

12415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका