जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माणमा सलिकोको सहयोग

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माणमा सलिकोको सहयोग

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कास्कीको पोखरा महानगरपालिका–१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोगस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले समाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसअघि शिक्षा, स्वास्थ्य, गरीबी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्‍याउँदै आएको बताएको छ ।

4170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका