जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ।

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यही भदौ महिनाबाट सञ्चालनमा ल्याएको हो।

यसका साथै आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए।

आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?