जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ४६% ले बढ्यो, नाफामा सामान्य सुधार

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ४६% ले बढ्यो, नाफामा सामान्य सुधार

 चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ४६.२३ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफामा भने सामान्य सुधार आएको छ । दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबलले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा ९ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ताका लागि २८ करोड ९३ लाख रुपैयाँ खर्चेको छ ।

सात हजार एक सय बीमा दावीवापत ५८ करोड ४८ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा एक अर्ब ६० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बीमा कोषको आकार ८९.२९ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा एक अर्ब ९० करोड रुपैयाँ सञ्चित थियो ।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका