जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता

साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता

साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट लिमिटेड, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच सोमबार चौपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा मेगा क्यापिटल मार्केट लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

8930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका