जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • देश बिदेशमा रहेका नेपालीलाई राष्ट्र बैंकले भन्यो- क्रिप्टो र नेटवर्क मार्केटिङमा लगानी नगर्नु

देश बिदेशमा रहेका नेपालीलाई राष्ट्र बैंकले भन्यो- क्रिप्टो र नेटवर्क मार्केटिङमा लगानी नगर्नु

विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सचेत रहन आग्रह गरेको छ। 

मंगलबार क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधरणलाई जानकारी दिने उद्देश्यले राष्ट्र बैंकले चेतनामूलक तथा वित्तीय साक्षरता सम्बन्धी सूचना जारी गरेको छ। 

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले जनाएको छ। 

साथै, राष्ट्र बैंकले कानुनी झन्झट आउन सक्ने भएकोले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत गराएको छ। 

6110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?