जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निफ्रा र नबिल बैंकको लगानीमा सिद्धार्थनगरमा १०० शैयाको अस्पताल बन्ने

निफ्रा र नबिल बैंकको लगानीमा सिद्धार्थनगरमा १०० शैयाको अस्पताल बन्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंकको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल बन्ने भएको छ ।

त्यसका लागि २ अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत गरि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५४ करोड तथा नबिल बैंक १ अर्ब सम्म लगानी गर्ने भएको छ ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको बताए ।

परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका