जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • सनराइज बैंकको ८६ औं शाखारहित बैंकिङ्ग सेवा झापामा

सनराइज बैंकको ८६ औं शाखारहित बैंकिङ्ग सेवा झापामा

सनराइज बैंक लिमिटेडले झापा जिल्लाको कमल गाउपालिका वडा नं.–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलार्ई नियुक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिमा कमल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पृथ्वीपती राई तथा अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सनराइज बैंक लिमिटेड १ नं. प्रदेश प्रमुख बिबेक निरौलाको सभापतित्वमा संचालित उक्त कार्यक्रमको संचालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सीनाले गर्नु भएको थियो ।

सो कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

5970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका